Home » Politics You are browsing entries filed in “Politics”

माओवादी एजेन्डामा मुलुक अघि बढ्दै : नेता भट्ट

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताउनुभएको छ । सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र) कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको बताउनुभयो । माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भट्टले बताउनुभयो । […]

Posted in Politics | Read More »

‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

काठमाडौँ । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र : राष्ट्रपति भण्डारी

ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ । प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक […]

Posted in Main News,Politics,politics feature | Read More »

निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । निर्माणाधिन भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको संसदको विकास समितिले निर्माणाधिन तीन वटै अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएको हो । बैठकले निजगढ […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित ४१आँै लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो – “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो […]

Posted in Politics,politics feature | Read More »

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली

धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान संशोधनको कतै कुनै […]

Posted in Politics | Read More »

यथास्थितिमा निर्वाचनमा जान सकिँदैन : नेता महतो

चितवन। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताउनुभयो । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले […]

Posted in Politics | Read More »

मोर्चाले समर्थन फिर्ता लियो

काठमाडौ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताउनुभएको छ । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उहाँले दिनुभयो । साथै उहाँले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गर्नुभयो […]

Posted in Politics | Read More »

सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा आज दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् […]

Posted in Politics | Read More »

डा बाबुराम भट्टराई भारत प्रस्थान

काठमाडौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । उहाँले ‘बुलेट टु […]

Posted in Politics | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1