Home » Nature You are browsing entries filed in “Nature”

ओझेलमा पर्यटकीयस्थल मार्गा पोखरी

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । धार्मिक महत्व रहेको पर्यटकीय हिसाबले जिल्लाकै एक महत्वपूर्ण मानिने मार्गा पोखरीको संरक्षण गर्न कसैको ध्यान पुगेको छैन । तेह्रथुम र धनकुटाका समेत केही गाउँहरु पर्ने ऐतिहासिक छथर क्षेत्र उत्कृष्ट पर्यटकीयस्थल बन्ने सम्भावना भएर पनि संरक्षण नहुँदा मार्गा पोखरी […]

Posted in Country,Main News,Nature,Other Source News Features,Report | Read More »

एक वर्षमा एघार हजार पर्यटकद्वारा कोशी टप्पुको अवलोकन

सुनसरी । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३/०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार […]

Posted in Country,country Features,Main News,Nature | Read More »

अन्नपूर्ण आरोहण दिवस, आरोही छिरीङ नुर्वु शेर्पा सम्मानित

पोखरा । ६७ औ अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण आरोही छिरीङ नुर्वु शेर्पालाई सम्मान गरिएको छ । आरोहण दिवसको अवसर पारी मकालु ९ सोलुखुम्बुका छिरीङ नुर्वु शेर्पालाई सम्मान गरिएको हो । सम्मानित शेर्पाले सन २०१० अप्रिल २७ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए भने हालै सगरमाथाको आरोहण समेत सफल रुपमा गरेका छन् । […]

Posted in Country,Main News,Nature | Read More »

अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण […]

Posted in Country,country Features,Main News,Nature | Read More »

दुई आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण

काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालयले नौ महिनाका अवधिमा ११७ निर्णय, १४ कार्यविधि, निर्देशिका, मापदण्ड, तीन रणनीति, ३५ कार्यदल निर्माणलगायत प्रशासनिक निर्णय तथा पाँच ऐन नियम निर्माणमा स्वीकृति तथा संशोधन गरेको छ । वनमन्त्री शङ्कर भण्डारीले गत भदौदेखि आफ्नो कार्यकालमा भएका नीतिगत निर्णय तथा उपलब्धि सार्वजनिक गर्दै दुई आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण तथा ५८ जलविद्युत्, […]

Posted in Nature | Read More »

सङ्कटापन्न सालक शुक्लाफाँटामा छाडियो

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको पचगडीमा फेला परेको दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको वयस्क पोथी इन्डियन सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । सालकलाई इलाका वन कार्यालय पचगडियाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सेक्टरका कर्मचारीलाई बुझाएका थिए । मङ्गलबार साँझ सालकलाई निकुञ्जको टोलीले उपयुक्त बासस्थान रुचाउने ठाउँमा छाडेका हुन् । पोथी वयस्क सालकको लम्बाइ एकसय ५० सेन्टिमिटर […]

Posted in Nature | Read More »

अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा जोडियो

म्याग्दी । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको छ । पर्यटन विभागको ४० लाख रुपैयाँ अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न […]

Posted in Country,Main News,Nature | Read More »

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । बाँकी अन्य तालको […]

Posted in Nature | Read More »

चौध वर्षपछि शुक्लाफाँटामा गैँडा

भीमदत्तनगर । चौध वर्षपछि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको एकसिङ्गे गैँडा भित्र्याइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको एउटा भाले शुक्लाफाँटामा सोमबार भित्र्याइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि १४ वर्षपहिले पनि शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिएको थियो । “करिब डेढ दशकपछि पाँचवटा गैँडा ल्याउन […]

Posted in Country,country Features,Nature | Read More »

मानव–वन्यजन्तु द्वन्द्व घटाउन ‘लिभिङ विथ टाइगर’

चितवन । दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें । अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन् । “अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’ – बोटले भने । उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगानुभएको छ । करिब रु ६० हजार लगानीमा […]

Posted in Nature | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1