Home » Games You are browsing entries filed in “Games”

सोलुखुम्बुको पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो । अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रमुख अतिथि मिग्युल मङ्गलबार काठमाडौं आइपुग्नुभएको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घका […]

Posted in Country,Games | Read More »

भुर्जुङखोलामा माउन्टेन बाइक प्रतिस्पर्धा हुने

काठमाडौँ । ‘भुर्जुङखोला जाउँ नव वर्ष मनाउँ’ भन्ने नाराका साथ कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकास्थित भुर्जुङखोलामा माउन्टेन बाइक प्रतिस्पर्धा तथा विविध सांस्कृतिक कार्यक्रमसहित नव वर्ष मेला, २०७४ मनाइने भएको छ । कास्की जिल्लाको उत्तरी भेकमा अवस्थित सो पर्यटकीय क्षेत्रमा गत वर्ष जस्तै यस वर्ष पनि पुरुष तथा महिला भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता तथा राष्ट्रिय कलाकारबाट […]

Posted in Country,Games | Read More »

कीर्तिमानी अल्ट्रा धावक सञ्जय पण्डित सम्मानित

काठमाडौं । कीर्तिमानी अल्ट्रा धावक सञ्जय पण्डित सम्मानित हुनुभएको छ । नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई नगर दुई लाख ७५ हजारसहित सम्मान गरेको हो । अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा बोर्ड सदस्य कृष्ण अर्यालले […]

Posted in Games,Main News | Read More »

जगदम्बा सिमेन्टद्वारा फुटवलमा सहयोग

भैरहवा । जगदम्बा सिमेन्ट अब फुटवलमा पनि हात हालेको छ । फुटवल खेलको प्रवद्र्धन तथा उत्थानका लागि भन्दै जगदम्बा सिमेन्टले लम्बिनी फुटवल क्लबलाई रुपान्तरण गर्दै जगदम्बा फुटवल क्लब घोषणा गरेको छ । जगदम्बाको यो घोषणासँगै यस क्षेत्रमा रहेका फुटवल खेलाडीहरुमा हौसला थपिएको फुटवल प्रेमिले बताएका छन् । कम्पनीले शक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी […]

Posted in Business Features,Games | Read More »

शुक्रबारदेखि सौराहामा हात्ती महोत्सव, पाँच विदेशी समूहको सहभागिता

चितवन । चितवनको सौराहामा चितवनको सौराहामा शुक्रबारबाट हात्ती महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हात्ती महोत्सवअन्तर्गत हुने अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितामा यसपटक पाँच विदेशी समूह सहभागी भएका छन् । सौराहास्थित बाघमारा वनको चौरमा आयोजित हात्ती दौड प्रतियोगितामा २० समूहमध्ये १५ समूह नेपाली रहेको आयोजक क्षेत्रीय होटल सङ्घका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । गैरआवासीय नेपालीको समूह एनआरएन ए […]

Posted in Games,Main News | Read More »

दक्षिण एसियाली महिला भलिबलमा नेपाल दोस्रो

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आठ वर्षपछि नयाँ इतिहास रच्दै रजत पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको सो प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–२ ले पराजित गरेको हो । यसअघि सन् १९९९ र २००६ मा भएको दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले कास्य पदक […]

Posted in Games | Read More »

बर्दियामा विश्वकप हात्तीपोलो खेल हुँदै

बर्दिया । यस बर्षको विश्वकप हात्ती पोलो प्रतियोगिता बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्धारामा हुने भएको छ । यस बर्षको हात्ती पोलो प्रतियोगिता बर्दियाको ठाकुरद्धारामा आगामी मंसिर ८ गते देखि सुरु हुने भएको हो । मंसिर ८ गते देखि १२ गतेसम्म प्रतियोगिता हुने हुने कर्णाली लज एवं टाईगर टप्स होटलले जनाएको छ । प्रतियोगिता ५ दिनसम्म संचालन […]

Posted in Games,Main News | Read More »

क्लाइमिङ कम्पिटिसन सम्पन्न

काठमाडौं । हिमाल आरोहण या रक क्लाइम्बिङलाई साहसिक कामका रुपमा लिइन्छ । यद्यपी, अहिले पनि क्लाइमिङलाई शेर्पाहरुको पेशा वा काम भन्नेहरु धेरै छन् । तर पछिल्ला समयमा क्लाइमिङ पेशा मात्रै नभएर यो खेल वा मनोरञ्जन पनि हो भन्ने मान्यता विकास हुँदै गएको छ । नेपालमा पनि क्लाइम्बिङलाई खेलका रुपमा विकास गर्न थालिएको छ । कोरियाको […]

Posted in Games,Main News | Read More »

घलेलमा क्यान्योनिङ तालिम हुने

कास्की । कास्कीको पर्यटकीय गाउँ घलेलमा साहसिक खेल क्यान्योनिङ तालिम सञ्चालन गरिने भएको छ । नेपाल क्यान्योनिङ एशोसियशनले सञ्चालन गर्न लागेको तालिममा पोखरा क्यान्योनिङ, प्रालि, अमेरिकन क्यान्योनिङ एकेडेमीको प्राविधिक सहयोग उपलब्ध गराइने पोखरा क्यान्योनिङ प्रालिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो । तालिममा अमेरिका वरिष्ठ क्यान्योनिङ प्रशिक्षक रिच कार्लसनकोको टोलीले सहभागीहरुलाई प्रशिक्षण दिइने आयोजकले बताएको छ […]

Posted in Country,Games | Read More »

हवाई खेलकुद कास्कीमा पदस्थापन

पोखरा । नेपाल हवाई खेलकुद संस्थाको छैटौ अधिवेसन तथा १३ औं वार्षिक साधारणसभाले चयन गरेको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । निवार्चन समितिको आयोजनामा भएको पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक मोहन तिवारीले पदस्थापना गराउनुभएको थियो । पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापाकोटाले प्याराग्लाइडिङ्ग सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल हवाई खेलकुद […]

Posted in Games | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1