Home » Business You are browsing entries filed in “Business”

किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कृषि क्षेत्रमा राज्यले पूर्णरुपमा लगानी गर्ने मात्रै नभई किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय किसान आयोगले यहाँ आज आयोजना गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, लगानीको मात्रामा वृद्धि तथा किसानलाई नै अधिकार प्रदान गरेर थप व्यावसायिक एवम् […]

Posted in Business | Read More »

नाट्टाले चीनमा पर्यटन प्रवद्र्धन गर्ने

काठमाडौँ  । नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटन प्रवद्र्धनका लागि नियमित रुपमा गर्दै आएको चाइना सेल्स मिसन पुनः यस पटक पनि चीनमा गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास बेइजिङको सहकार्य एवम् समन्वयमा यही जेठ २४ देखि १० दिनसम्म चीनका चार प्रमुख व्यावसायिक सहर चेङदु, ग्वाङजाउ, हाङजाउ र बेजिङमा […]

Posted in Business,Main News | Read More »

‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

काठमाडौँ । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै

काठमाडौँ, २६ वैशाख । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ दश सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजमार्गलाई आधार बनाएर निर्माण गरिने नयाँ सहरले व्यवस्थित […]

Posted in Business,Business Features | Read More »

पोखराका होटल पर्यटकले भरिए

पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँ वर्षका कारण पोखरामा पर्यटकलाई होटल नै पाउन नसक्ने अवस्था सिर्जना भएको छ । आन्तरिक […]

Posted in Business,Business Features,Country,Main News | Read More »

निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । निर्माणाधिन भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको संसदको विकास समितिले निर्माणाधिन तीन वटै अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएको हो । बैठकले निजगढ […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

विश्व बैंकबाट१० अर्ब ७० करोड रुपैयाँ सहयोग

वित्तीय क्षेत्रको बिकासका लागी विश्व बैंकले नेपालको वित्तीय क्षेत्र विकासको लागि १० अर्ब ७० करोड रुपैयाँको सहयोग उपलब्ध गराएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र अर्थसचिव शान्ताराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । उक्त सहयोग नेपालको वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न नेपालको मध्यावधिक पुनरसंरचना कार्यक्रमलाई सहयोग गर्न, […]

Posted in Business,Business Features | Read More »

आरोही भूमिरालाई गुरुङ पर्यटन व्यवसायीको दुई लाख

काठमाडौ । गुरुङ पर्यटन व्यवसायी संघले सगरमाथा आरोहण गर्न लागेकी भूमिरा गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेको छ । गुरुङ समुदायमा जन्म लिएर सगरमाथा आरोहण गर्न लागेकी भूमिराको आँट र हिम्मतको सम्मान गर्दै सहयोग गरिएको गुरुङ पर्यटन व्यवसायी संघले जनाएको छ । संघले राजधानीमा एक कार्यक्रम गरी आरोही भूमिरालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो […]

Posted in Business,Main News | Read More »

दाना–कुश्मा विद्युत् प्रसारण लाइन निर्माण सुरु

म्याग्दी। २३ चैत । म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको होे । आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका […]

Posted in Business,Business Features | Read More »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः सुरु

लुम्बिनी । चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ । विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा […]

Posted in Business,Business Features,Country,Lumbini Special,Main News | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1