१४ आरोहीद्वारा सगरमाथाको सफल आरोहण


सोलुखुम्बु । सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ ।

ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिनुभयो ।

बाटो खोलिएसँगै पहिलोपटक एक आरोहण दलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । यो यामको पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोही समूहले आज दिउँसो १ः१५ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको हो । यस्तै भोलि मङ्गलबार आरोहणका लागि क्याम्प ४ मा करिब ७० जनाको समूहले तयारी गरिरहेका छन् ।

पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् । रासस

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1