१० महिनामै २० किलो

fat-baby
कोलम्बियाको लिबानो सहरमा १० महिनाका एक बालिका छिन्, जसको नाम जुआक्न्निता वेलेन्टिना हो । तर, उनलाई देख्ने कसैले पनि उनी १० महिनाकी हुन् भनेर पत्याउँदैनन् । किनकि उनी ज्यादै मोटी छिन् । यति कलिलो उमेरमै उनको शरीरको वजन २० किलो छ । प्रायः पाँच वर्षका बालबालिका मात्रै यति तौलका हुन्छन् ।

यी बालिका जन्मँदैखेरि २.७ किलोकी थिइन् । भर्खरै जन्मिएको बच्चाको यो औसत वजन हो । तर, त्यसपछि उनको ज्यान दिन दुईगुना रात चारगुनाका दरले बढ्दै गयो । यी बालिकाकी आमा सेन्ड्रा प्रान्कोले छोरीको वजन अप्रत्याशित रूपमा बढेपछि डाक्टरलाई देखाइन् । तर, बालिकालाई के भएको हो भन्ने पत्ता लागेन ।

कोलम्बियाको च्यारिटी संस्था गर्डिटोस डी कोराजोनले यी बालिकाको लालनपालनलगायत उपचारको सबै जिम्मा लिएको छ । संस्थाका प्रमुख सेल्वाडोर पेलेसियोले यी बालिकालाई कुनै दुर्लभ रोग लागेको हुन सक्ने बताए । सानैमा ज्यादै मोटाउने बालबालिका देखा पर्ने क्रम बढेकाले आफ्नो संस्थाले यो विषयमा काम गर्ने मनसाय बनाएको बताए । –एजेन्सी

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1