‘हिमालयन ट्राभल मार्ट–२०१७’ सम्पन्न

काठमाडौँ । हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रुपमा स्थापित गराउने उद्देश्यले काठमाडौँमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट–२०१७ सम्पन्न भएको छ ।

यही जुन १ देखि ४ तारिखसम्म ( जेठ १८–२१) चलेको मार्टमा क्रेता, बिक्रेता, ब्लगर, मिडिया तथा अतिथि गरी ५३ देशका २२० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रमका रुपमा नेपालमा पहिलो पटक आयोजित मार्टले सम्पूर्ण हिमाली क्षेत्रका पर्यटकीय सामग्री नेपाली नेतृत्वमा अन्तर्राष्ट्रिय बजारमा पस्कनु र नेपाललाई अझै पर्यटनमैत्री गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताको सहभागिता थियो । मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा जुन १ मा पार्क भिलेजमा भएको ब्लगर्स एण्ड मेडिया सम्मेलन आयोजना गरिएको थियो ।

उक्त सम्मेलनमा नौजना विश्वका ख्यातिप्राप्त वक्ताको रोचक प्रस्तुति तथा १०७ देशका ब्लगर र पत्रकारको सहभागिताले हिमालय ट्राभल मार्टको सफलतामा उचाइ थपेको थियो ।

कार्यक्रमको दोस्रो दिन, जुन २ तारिखका दिन सोल्टी होटलमा सञ्चालित हिमालयन ट्राभल सम्मेलनमा हिमालय क्षेत्रको पर्यटन तथा अन्वेषण र बजार व्यवस्थापन सम्बन्धित स्वदेशी तथा विदेशी विज्ञले कार्यपत्र प्रस्तुत र प्रवचन दिनुभएको थियो ।

मार्टको राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १८ मा भव्य समारोहकाबीच उद्घाटन गर्नुभएको थियो ।

हिमालयन ट्राभल मार्टको समापन मन्तव्य व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले हिमालयन ट्राभल मार्ट– २०१७ नेपाली पर्यटनको कोसेढुङ्गा जस्तै सावित भएको भन्दै आगामी वर्ष जुन १ देखि ३ तारिखमा दोस्रो संस्करणको आयोजना गर्ने घोषणा गर्नुभएको पाटा नेपाल च्याप्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मार्टको नेपाल पर्यटन बोर्ड मुख्य आयोजक तथा कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको थियो । रासस

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1