स्वाइनको पहिलो उपचार : सावधानी

swine-fluअमेरिकाबाट फैलिएको H1N1 भाइरसले संसारभर लाखौंको ज्यान लियो । रोग फैलिएको एक वर्षपछि एक पशु चिकित्सकको अनुसन्धानबाट एचवन एनवन भाइरस पत्ता लाग्यो । र एचवन एनवन भाइरस नै स्वाइनफ्लु हो । स्वाइनफ्लु संगुुर हुँदै मानिसमा फैलियो । स्वाइनफ्लुको संक्रमणपछि खोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्छन् । यस्तै जिउ दुख्ने, टाउको दुख्ने, जाडो लाग्ने र थकाइ लाग्ने लक्षण स्वाइनफ्लुको विरामीमा देखा पर्छ ।

स्वाइनफ्लुका लक्षणहरु

खोकी लाग्ने
ज्वरो आउने
घाँटी सुख्खा हुने
जिउ दुख्ने
टाउको दुख्ने
जाडो लाग्ने
थकान लाग्ने

स्वाइनफ्लुले निमोनिया र स्वासप्रश्वास बन्द गर्ने जस्ता ठूला समस्याहरु निम्ताउन सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि स्वाइनफ्लु घातक हुनसक्छ । सास फेर्न असहज हुने, बान्ता हुने, पेट दुख्ने , रिंगटा लाग्ने लक्षण देखा पर्‍यो भने पनि तुरुन्त अस्पताल जान चिकित्सकहरु सुझाव दिन्छन् । स्वानफ्लुबाट बालबालिका र वृद्धवृद्धा वढी प्रभावित हुने गरेका छन् ।

स्वाइनफ्लुले निमोनिया र स्वासप्रश्वास बन्द गर्छ ।
मधुमेह र दमका रोगीका लागि स्वाइनफ्लु घातक हुन्छ ।
सास फेर्न असहज भयो, रिंगाटा लाग्यो, बान्ता भयो र पेट दुख्यो भने तुरुन्तै अस्पताल जान चिकित्सकहरुको सुझाव
५ वर्षभन्दा मूनिका बालबालिका
र, ६५ वर्षभन्दा माथिका बुद्ध–बृद्धा स्वानइफ्लुबाट छिटो प्रभावित हुन्छन ।

यस्तै गर्भवती महिला, कलेजो, रगत, स्नायु प्रणाली र पाचन प्रक्रियासम्बनधी समस्या भएका ब्यक्तिलाई पनि
गर्भवती महिला मुटु, कलेजो, रगत, स्नायु प्रणाली र पाचन प्रक्रियासम्बन्धी समस्या भएका व्याक्तिहरुलाई स्वानइफ्लुले छिटो प्रभावित पार्छ । यस्तै एचआइभीबाट संक्रमित र रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तीलाई स्वाइनफ्लुले सजिलै कब्जामा पार्छ ।

त्यसो त हाम्रो दैनिकिमा सामान्य सतर्कता अपनायौं भने स्वाइनफ्लुबाट सजिलै बच्न सकिन्छ । खोक्दा, हाच्छियुँगर्दा टिस्यु पेपरले मुख छोप्ने, स्वाइनफ्लुको लक्षण देखिने वित्तिकै अस्पताल जाने, साबुन पानिले बारम्बार हात धुने, अन्य ब्यक्तीबाट कम्तीमा एक मिटर टाढै बसे स्वाइनफ्लुबाट जोगिन सकिन्छ । यस्तै लक्षण देखिए घरमै बस्ने, अंकमाल चुम्बन नगर्ने र हात नधोइ मुख, नाक, आँखा नछुँदा पनि स्वाइनफ्लुबाट बच्न सकिन्छ ।

कसरी बच्ने स्वाइनफ्लुबाट

खोक्दा, हाच्छियुँदागर्दा टिस्यु पेपरले मुख छोप्ने
प्रयोग लगत्तै टिस्यु पेपर राम्ररी फ्याक्ने
लक्षण देखिए तुरुन्तै चिकित्सकसँग परामर्श लिने
साबुन पानीले बारम्बार हात धुने
अन्य ब्यक्तीबाट कम्तीमा एक मिटर टाढै रहने
लक्षण देखिए घरमै आराम गरेर बस्ने
अंकमाल चुम्बन नगर्ने
हात नधोइ नाक, मुख र आँखा नछुने
हात नमिलाउने, नमस्ते गर्ने
सार्वजनिक ठाउँमा मास्क लगाउने

यति मात्रै गर्न सकियो भने स्वाइनफ्लुबाट सजिलै बच्न सकिन्छ । त्यसो त फ्लुबाट वच्नका लागि सीमामा उच्च सर्तकर्तासँंगै देशभर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन् । विश्व स्वास्थ्य संगठनले पनि चासो पुर्वक अवलोकन गरिरहेको स्वाइनफ्लुवारे नागरिकहरु त्यति जानकार छैनन् ।

स्वाइनफ्लु नियन्त्रणका लागि सरकार गम्भीर छैन तर सरकारको मुख ताक्नभन्दा आफ्नो आनिबानीमा सामन्य ध्यान पुर्‍याउन सके स्वाइनफ्लुबाट सजिलै बच्न सकिन्छ । स्वाइन फ्लुले दम-खोकी, छातीका रोगी, रक्सी सेवनकर्ता र रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई गम्भीर असर पार्ने हुँदा त्यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने सल्लाह विशेषज्ञहरूको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1