स्थलमार्गबाट पनि पर्यटक आवागमनमा कमी

resize 1रुपन्देहीको बेलहिया नाकालाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने महत्त्वपूर्ण नाका मानिन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछि पर्यटकहरू आउने अर्को ठूलो नाका छ भने त्यो बेलहिया नाका नै हो । बेलहियाबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य रहन्छ, नजिकैको पवित्र धार्मिक तीर्थस्थल लुम्बिनी । यसर्थ पनि बेलहिया नाका पर्यटकहरूका लागि महत्त्वपूर्ण मानिन्छ । तर, हवाई पर्यटकहरू घटेको समाचार सार्वजनिक भएकै भोलिपल्ट स्थलमार्गबाट नेपाल प्रवेश गर्ने समाचार सार्वजनिक भएको छ ।

सन् २०१३ मा बेलहिया नाबाट प्रवेश गर्ने पर्यटकहरू १८ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०१२ मा भन्दा सन १३ मा २५ हजार दुई सय ६५ जना पर्यटक कम आएको तथ्याङ्क अध्यागमन कार्यालयले दिएको छ ।
नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकको संख्या सन् २०१३ मा करीब १८ प्रतिशतले कमि आएको अध्यागमन अधिकृत केशवराज शर्माले बताउनुभयो । हो । बेलहीया नाकाबाट नेपाल प्रबेश गर्ने भारतीय पर्यटक बाहेक अन्यको गणना गर्ने गरिन्छ । यो वर्ष एक लाख १९ हजार दुई सय तीन विदेशी पर्यटक नेपाल भित्रिएको छन् । सन् २०१२ मा भने एकलाख ४४ हजार चार सय ६८ पर्यटक नेपाल प्रवेश गरेका थिए ।
अध्यागमन अधिकृत शर्माले भन्नुभयो, ‘पर्यटक आगमन घटेको छ, सन् २०११को तुलनामा सन् २०१२ मा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो, तर अहिले त सन् २०११ मा भन्दा पनि न्युन पर्यटक आए ।’
२०११ मा बेलहिया नाका बाट नेपाल प्रबेश गर्ने पर्यटक संख्या एक लाख ३३ हजार दुई सय ८५ रहेको थियो । २०१३ मा स्थल नाका हुँदै गेटिश भिषामा आउने पर्यटक धेरै घटेका छन् । अघिल्लो बर्ष गेटिश भिषामा ५३ हजार ३५ पर्यटक आएका थिए भने २०१३ मा यो संख्या घटेर ३० हजार पाँच सय ३५ मा झरेको कार्यालयका नायब सुब्बा
हिरालाल क्षेत्रीले बताउनुभयो ।
गेटिश भिषामा सार्क मुलुकका पर्यटक पर्दछन् र तिनीहरूमा पनि ९९ प्रतिशत त श्रीलंकन पर्यटक आउने गर्छन् । यो भिषामा पहिलोपटक नेपाल आउँदा ३० दिनसम्म भिषा शुल्क नि:शुल्क हुन्छ । सन् १३ मा भने पर्यटक आगमनमा सबैभन्दा बढी श्रीलंकाका पर्यटकहरु नै घटेका छन् ।
समग्रमा पर्यटक आउने क्रममा गिरावट आएपनि थाइल्याण्डबाट आउने पर्यटकहरूको संख्यामा भने केही बढोत्तरी देखिएको छ । बेलहिया नाका प्रयोग गर्नेमा पनि थाई पर्यटकहरू नै बढी छन् । ३३ हजार छ सय ४५ थाई पर्यटकहरू नेपाल आएको अध्यागमन कार्यालयले जनाएको छ, जबकी, २०१२ मा थाई पर्यटकको संख्या ३१ हजार आठ सय १५ मात्र थियो । त्यस्तै गरी म्यान्मार(बर्मा)बाट १९ हजार पाँच सय १६, दक्षिण कोरीयाबाट पाँच हजार छ सय ४३, भियतनामबाट दुई हजार सात सय ६५ पर्यटक भित्रिएका छ्रन् ।
भारतको चेन्नईमा श्रीलंकन पर्यटकमाथि त्यहाँका तमिलहरूले दुव्र्यवहार गर्ने क्रम बढदै जान थालेपछि श्रीलंकन पर्यटक आगमनमा ह्रास आएको हो । अझ, गत असार (जुन/जुलाई)मा भारतको बोधगयामा बम बिष्फोट भएपछि त स्थलमार्ग हुँदै आउने पर्यटक अत्यधिक घटदै गएका हुन् । बोधगया विष्फोट पछि नेपाल भ्रमणमा आउने धेरैले बुकिंग रद्द गरेका थिए । श्रीलंकाका धेरै ट्राभल एजेन्सीहरूले होटल बुकिंग रद्द गरेको सिद्धार्थ होटल एसोसियसन सानका बरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताउनुभयो ।
पर्यटक आगमन अपेक्षा गरेभन्दा धेरै कम भएको सिद्धार्थ एशोसियसन अफ ट्राभल एन्ड टुर्श एजेन्ट (साट्टा)का कार्यवाहक अध्यक्ष श्रीचन्द गुप्ताले बताउनुभयो । ‘दुई बर्षको आगमन दर हेर्दा २०१३ मा दुई लाख पर्यटक आउने अनुमान थियो, तर निकै कम भयो ।’ गुप्ताको भनाइ छ । सरकारले अन्तर्राष्ट्रिय तहमा, बिशेष गरी भारतमा नेपालको पर्यटनरबो विशेष प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुहुन्छ साट्टा कार्यबहाक अध्यक्ष गुप्ता ।
स्थलमार्ग हुदै आउने ९५ प्रतिशत पर्यटकको मुख्य गन्तव्य लुम्बिनी रहने गरेको छ । विगतका वर्षको पर्यटन आवागमनको अनुपातलाई हेरेर पर्यटन क्षेत्रमा सम्भावना बढदै निस्कर्षपछि बेलहिया, भैरहवा र लुम्बिनी क्षेत्रमा नाया होटल निर्माण गर्ने र स्तरोन्ती गर्ने क्रम बढेको पनि छ । तर, बेलहिया नाकाको यो वर्षको तथ्याङ्बाट पर्यटन व्यवसायीहरू झस्किएका छन् । मुख्य पर्यटकीय सिजनमै पर्यटकहरू आउनेक्रम ओरालो लागेपछि पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्नेमा व्यवसायीहरु चिन्तित देखिन्छन् ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1