सेल्फीमा राम्रो देखिन के गर्ने


सेल्फीको क्रेज दिनानुदिन बढिरहेको छ । सेल्फी खिच्ने हरेकको चाहना हुन्छ, उत्कृष्ट तस्बिर लिने । कुनै पनि पार्टीमा जानुअघि विशेष गरी महिलाहरू तयार हुनासाथ सेल्फी लिइहाल्छन् । यस्तोमा उत्कृष्ट सेल्फी लिन मेकअपमा विशेष ध्यान दिनुपर्छ । सेल्फीमा उत्कृष्ट देखिन आवश्यक केही मेकअप टिप्सबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः

प्राइमरको सही प्रयोगले अनुहारमा देखिएको दाग तथा छिद्रहरू लुकाइदिन्छ । प्राइमरको प्रयोगले अनुहारलाई प्राकृतिक सुन्दरता दिन्छ । तर, प्राइमर लगाउनुअघि आफ्नो अनुहार सफासँग धुन बिर्सनु हुँदैन ।

अनुहारमा देखिएको दाग तथा खटिरा लुकाउनलाई कन्सिलरको प्रयोग उपयोगी हुन्छ । अनुहारमा कन्सिलर लगाउँदा ब्रसको सहायता लिनु उपयुक्त हुन्छ ।

अनुहारमा फाउन्डेसन लगाउँदा आफ्नो छालाको प्रकारमा ध्यान दिनुपर्छ । स्किन टोनअनुसार फाउन्डेसन प्रयोग गर्नुपर्छ । फाउन्डेसन प्रयोग गर्दा सुरुमा औँलाले हलुका तरिकाले अनुहारमा लगाउने । त्यसपछि स्पन्जको सहायताले मुहारभरि फैलाउनु उपयुक्त हुन्छ । यस्तो प्रक्रियाले अनुहारमा उत्कृष्ट फिनिसिङ दिन्छ ।

तस्बिर उत्कृष्ट आउन आँखाको महत्वपूर्ण भूमिका हुन्छ । यदि आँखा सानो छ भने मोटो आइलाइनर लगाउनुपर्छ । त्यस्तै, आँखा ठूलो हुनेले विंग्ड आइलाइन लगाउनुपर्छ । (नयाँ पत्रिकाबाट)

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1