वनवाटिकामा पर्यटन विकास गरिने

भैरहवा । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रलाई व्यवस्थापन पक्षले चिडियाखाना विस्तार गरी इको टुरिजमका रूपमा विकास गर्न दिर्घकालीन महत्वकांक्षी योजना अगाडि सारेको छ । केन्द्रले हालको चिडियाखानाको स्तरोन्नति, बोटानिकल गार्डेन, बाल रेल सञ्चालन, लुम्विनीसँग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, एतिहासिक प्राकृतिक कुवा संरक्षण, हरर हाउस, भ्यू टावर निर्माणलगायत कार्यक्रमलाई महत्वकांक्षी दिर्घकालीन योजनाका रूपमा अगाडि सारेको छ ।

यसैगरी चिडियाखानामा छोडिएका लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको संरक्षण, प्रर्वद्धन तथा अनुसन्धान, व्यवसायिक लाभका लागि नर्सरी स्थापना, सदावहार बोटबिरुवा रोपण तथा संरक्षण गर्न आवश्यक देखिएको छ ।

शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रूपमा विकास हुदै गएकोले यसको समुचित विकासका लागि सरकारले पनि विशेष ध्यानदिएर आर्थिक तथा प्राविधि सहयोग गर्न आग्रह गरिएको केन्द्रका अध्यक्ष बाबुराम अर्यालले बताए ।

सामुदायिक वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकर वन विहार तथा अनुसन्धान केन्द्रका रूपमा छुट्याइएको छ । सामुदायिक वनमध्ये यसलाई जिल्लामै नमुना र चर्चित रहेको वन अधिकृत अभिमुनी केसीले बताए ।

वन विहारको चिडियाखानाभित्र लोपउन्मुख सरिसृप अजिंगर र भालु, चितुवा, वनेल, निलगाई, मृग, वादरलगायत जनावर, विश्वकै ठूलो पंक्षी अस्ट्रिज, दुर्लभ गिद्ध, चितल, मयुर, सुगा लगायत पाल्तु एवं जंगली चराचुरुगी, विभिन्न प्रजातिका वनस्पती रहेका छन् ।

वन विहार तथा अनुसन्धान केन्द्र तिलोतमा नगरको गहना भएको तिलोतमा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले भने । ‘यो हाम्रो नगरको गहना हो । पर्यटक आकर्षित गर्न दुर्लभ वन्यजन्तु छन्, बोटानिकल गार्डेन र पुष्प व्यवसायको सम्भावना छ ।’ यसैगरी बाल उद्यान, पार्क वि श्रामस्थल, वनभोज तथा विवाह मंडप, सेटलाई आधुनिक वैज्ञानिकढंगले व्यवस्थित र विस्तार गरी पुँजी वृद्धिमा ठूलो टेवा पुग्ने उनले बताए । नगरपालिकाले केन्द्रको विकासका लागि नगरपालिकाले प्राथमीकताका आधारमा सहयोग गर्ने कार्यकारी अधिकृत पौडेलले बताए । केन्द्र इको टुरिजमका रूपमा विकास हँदै गएकाले त्यसभित्र विकृतिरहित वातावरण बनाउनुपर्ने शंकरनगर बहुमुखी क्याम्पसका प्राध्यापक चण्डीप्रसाद पाण्डेले सुझाए । (-अन्नपूर्ण पोष्टबाट)

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1