माओवादी एजेन्डामा मुलुक अघि बढ्दै : नेता भट्ट

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताउनुभएको छ ।

सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र) कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको बताउनुभयो ।

माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भट्टले बताउनुभयो । नयाँ संविधान, धर्मनिरपेक्षता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरण माओवादीकै एजेन्डा भएकाले अहिले स्थानीय तहको निर्वाचनमार्फत कार्यान्वयन भइरहेको नेता भट्टले उल्लेख गर्नुभयो ।

सफलरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले मधेस केन्द्रित दललाई समेत दोस्रो चरणमा हुने निर्वाचनमा सहभागी गराएर सबै समूहलाई संविधानको सर्वस्वीकार्यता गराउनुपर्नेमा जोड दिनुभयो । रासस

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1