महाभारत क्षेत्रलाई पदमार्गको रुपमा विकास गरिने

नवलपरासी । महाभारत पर्वत शृङ्खलालाई पर्यटन पदमार्गको रुपमा विकास गरिने भएको छ । सुरुमा नवलपरासीको गैँडाकोटदेखि पाल्पाको झिरुवाससम्मको क्षेत्रलाई पदमार्गको रुपमा विकास गरिन लागेको हो ।

ऐतिहासिक, धार्मिक र प्राकृतिक मनोरम ठाउँ भएकाले यस ठाउँलाई पदमार्गको रुपमा विकास गरिन लागेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका उपाध्यक्ष हीरासिंह रेश्मीमगरले बताउनुभयो । बाइसे चौबीसे राज्यको पालामा सेनवंशले शासन गरेको यो क्षेत्र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ ।

पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेको हरियाली डाँडा, त्यसमा पाइने जडीबुटी र मगर संस्कृतिले सबैलाई लोभ्याउने भएकाले पाँच दिनको प्याकेजसहितको पर्यटकलाई आनन्द दिन पद मार्ग निर्माण गर्न लागिएको हो ।

महाभारत क्षेत्रको मौलकालिका, हात्तीगौँडा, बरचुली, देवचुली, रुद्रपुरगढी हुँदै पाल्पाको झिरुवास क्षेत्र पदमार्गका लागि स्थानीय तहबाट सम्भाव्यता अध्ययन भइसकेकाले उपाध्यक्ष रेश्मीमगरले बताउनुभयो ।  जङ्गली जनावर र घोरलको बाक्लो बस्ती रहेको यो क्षेत्र पदयात्राका लागि उपयुक्त गन्तव्य रहेको जिल्ला विकास समिति नवलपरासीका सूचना अधिकृत पुष्कर काफ्लेले बताउनुभयो ।

बीचबीचमा डाँडामा झुरुप्प रहेका मगर बस्तीले सबैलाई लोभ्याउन सक्छ । मगर बस्तीमा होमस्टेको अवधारणा अगाडि बढाइएकाले पर्यटकलाई पदयात्रामा बास बस्नका लागि असुविधा हुँदैन । यहाँका पदयात्रीले उत्तरमा रहेको माछापुछ्रे, धौलागिरिलगायका हिमाल र तराईको समथर फाँट देख्न सक्छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका थारु बस्ती र महाभारत पर्वत शृङ्खलामा रहेका मगर बस्तीको सांस्कृतिक पक्षले एउटा ठाउँमा आएका पर्यटकलाई सजिल्यै अर्को ठाउँमा आकर्षण गर्छ । यसका लागि पर्यापर्यटनका लागि पदयात्रा हुन जरुरी भएको सूचना अधिकृत काफ्लेले बताउनुभयो ।

जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन तथा नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले ध्यान दिँदा आर्थिक हिसाबले समेत ठूलो फाइदा हुने जिल्ला विकास समितिले जनाएको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1