महाभारतमा घोरल संरक्षण गरिने

ghoralकावासोती, १८ माघ । महाभारत पर्वत शृङ्खलालाई घोरल संरक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ ।
पाँच वर्ष अगाडि स्थानीयवासीको प्रयासमा घोरल संरक्षण अभियान थालिएको यस ठाउँमा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संस्थाहरूको संलग्नतामा घोरल संरक्षण केन्द्र बनाउन लागिएको हो ।
नवलपरासीको धौवादी, नरम, रुचाङ, देउराली र हुप्सेकोट, पाल्पाको भिरुवास गाविसको कुल २७५.३ वर्ग किमी क्षेत्रलाई घोरल संरक्षण केन्द्रका रूपमा विकास गरिन लागेको महाभारत जैविक विविधता संरक्षण सरोकार समाजका अध्यक्ष झवीलाल रानाले बताउनुभयो ।
घोरलको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा सिकार बढी हुने गरेपछि कोष यसको विकासमा लागेको हो । झन्डै एक हजारदेखि तीन हजार मिटर उचाइ रहेको महाभारतमा घोरल बस्छ । तीन सय मिटरदेखि तीन हजार मिटरसम्ममा घोरलको बसोवास हुने भएकाले यसलाई पकेट क्षेत्र मानिन्छ ।
नवलपरासी र पाल्पा जिल्लामा घोरल र यिनका प्राकृतिक बासस्थानलाई दीर्घकालीन रूपमा संरक्षण गर्न समुदायमा आधारित घोरल संरक्षण कार्यक्रम सुरु गरिएको कोषका कार्यकारी निर्देशक गङ्गाजङ्ग थापाले बताउनुभयो ।
झट्ट हेर्दा बाख्राजस्तो देखिने घोरल चोरी सिकारीको उच्च जोखिममा छ । गाउँमा भरुवा बन्दुकहरू छ्यापछ्याप्ती हुने र मासु खान मन लागेका बेला सिकार गरिने हुँदा यसको सङ्ख्या घट्ने जोखिम रहन्छ । घोरल संरक्षणसँगै गाउँको विकास हुने देखेर संरक्षण कार्य थालेका गाउँलेले संरक्षणकर्मी संस्थाहरूले स्वामित्व लिँदा खुसी व्यक्त गरेका छन् ।
युसएडको आर्थिक सहयोगमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ), केयर, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोपन) र राष्ट्रिय प्रकृति संरक्षण कोषले घोरल संरक्षणमा स्थानीयवासीसँग सहकार्य गरेका हुन् । हरियो वन कार्यक्रममार्फत उनीहरूले संरक्षण कार्यलाई सहयोग गरिरहेका छन् । घोरलको बासस्थान नक्साङ्कन, जनावर र वनस्पतिको सर्वेक्षणमा दुई वर्षसम्म यी संस्थाले काम गर्नेछन् ।
घोरलको बासस्थान क्षेत्रका बासिन्दाको आयआर्जनका लागि गोबर ग्यास, नगदेबाली, उन्नत पशुपालन र माहुरीपालनमा सहयोग गर्दै पर्या पर्यटनका रूपमा यस क्षेत्रलाई विकास गरिने डा. चिरिञ्जीवी शर्माले बताउनुभयो ।
न्यून आयस्तर भएका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउँदामात्र घोरलको संरक्षण सम्भव हुने देउरालीका चुराचन्द्र पाण्डेले बताउनुभयो ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1