मस्तिष्क दानका लागि वैज्ञानिकहरुको अपील

काठमाडौं । मृत्युपश्चात मस्तिष्क दान गर्न वैज्ञानिकहरुले आग्रह गरेका छन् । वैज्ञानिकहरुको अनुसार उनीहरुसँग डिप्रेसन एवं गम्भीर आघातको शिकार भएका व्यक्तिहरुको मस्तिष्क अनुसन्धान गर्नका लागि मस्तिष्क दान गर्न आग्रह गरेका हुन् ।

उनीहरुका अनुसार मस्तिष्कको अभावका कारण वैज्ञानिक अनुसन्धान कार्य प्रभावित भैरहेको छ । वैज्ञानिकहरुका अनुसार, ‘विशेषगरी पोष्ट पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरको शिकार भएका व्यक्तिहरुको मस्तिष्क मृत्युपश्चात खोजिएको छ ।’

वैज्ञानिकहरु भन्छन्, ‘आम मानिसले अझै पनि राम्रोसँग बुझ्न सकेका छैनन् कि यसप्रकारको रोग ब्रेन वायरिङ अर्थात मस्तिष्क संरचनामा आउने परिवर्तनका कारण हुने गर्छ ।’

उनीहरु भन्छन् कि मानिसको मष्तिष्क एक सुन्दर तर जटिल संरचना हो । यसमा मानिसको विकासक्रमका आधारमा यसको पनि विकास एवं वदलाव हुन्छ । हाम्रो शरीरको यो महत्वपूर्ण अंग व्यवहार एवं सोचको भौतिक उपस्थिति हो ।

पछिल्ला वर्षमा शोधकर्ताहरुले मस्तिष्कको आकार एवं मानसिक एवं स्नायूसम्बन्धी रोग बीचको सम्बन्ध खोजिरहेका छन् ।

विश्वकै सबैभन्दा ठूलो बे्रन बैंकमध्ये एक हो वोस्टनस्थित मेकलिन अस्पताल, जहाँ तीन हजार भन्दा बढी मस्तिष्क संरक्षित गरिएको छ । यसमध्ये अधिकांश नमूना मानसिक एवं स्नायू रोगसँग सम्बन्धित छन् । यद्यपी, यसको बावजूद वैज्ञानिकहरु यो मान्छन् कि यी नमूना मात्र थप अनुसन्धानको लागि पर्याप्त छैनन् ।

यसकारण, दुनियाभरका वैज्ञानिकहरु पार्किन्सन्स, अल्जाइमर्स समेत सबै मानसिक विकारको नयाँ उपचार पद्दतीको खोजका लागि आम मानिसलाई मृत्युपश्चात मस्तिष्कको दान गर्न अपील गर्दैछन् ।

मेकलिन अस्पतालका प्रमुख वैज्ञानिक डाक्टर केरी रेस्लेरका अनुसार ‘कैयौं मानसिक एवं तन्त्रिका सम्बन्धी रोगको नयाँ उपचार वैज्ञानिकहरुको नियन्त्रणमा आइसकेको छ । तर बे्रन टिस्युको कमीको कारण यो अनुसन्धानको विकास रोकिएको छ ।’

प्रोफेसर सविना भन्छिन्, ‘आम मानिसले उनीहरुलाई कुनै मानिसिक रोग लागेको छैन भनेर सोच्छन् भने उनीहरुको सोच जीव विज्ञानको दृष्टिकोणले गलत छ ।’ (-बीबीसी)

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1