मनास्लु घुम्ने पर्यटक २४ प्रतिशतले वृद्धि

manaslu-trail
गोरखा । पर्यटकको चाप बढ्दै गएको मनास्लु पदमार्गमा अहिलेसम्मकै धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् । विगतका वर्षमा भन्दा यस वर्ष मनास्लु पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आएको मनास्लु क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।

गोरखाको दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार हुँदै पर्यटक मनास्लु पदमार्गका लागि निस्कन्छन् । सन् २०१४ को अहिलेसम्म पाँच हजार ५०० विदेशी पर्यटकले मनास्लु क्षेत्र घुमेको एमक्यापका प्रमुख राजकुमार गुरुङले जानकारी दिनुभयो । “नेपाली पर्यटकको हामीले तथ्याङ्क राख्ने गरेका छैनौँ”–उहाँले भन्नुभयो–“यस वर्ष पाँच हजार ५०० विदेशीले मनास्लु पदमार्गको अवलोकन गरेका छन् ।”

एमक्यापले मनास्लु पदमार्ग क्षेत्रमा रहेर काम गर्दै आएको छ । “डिसेम्बरमा पनि पर्यटक आउने क्रम जारी रहेकाले पर्यटकको सङ्ख्या अझै बढ्छ”–उहाँले भन्नुभयो–“हाम्रो तथ्याङ्कअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै दुई हजार ३३८ जना विदेशी मनास्लु हेर्न आएका छन् ।”

त्यस्तै नोभेम्बर महिनामा एक हजार १३० जना मनास्लु पुगेको एमक्यापले जनाएको छ । साथै दुई हजार २७८ जना महिला पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । पुरुषको सङ्ख्या भने तीन हजार २२० जना पुगेको छ । मनास्लु क्षेत्रमा स्वदेशी पर्यटक पनि ट्रेकिङ गर्न जाने क्रम बढेको एमक्यापका प्रमुख गुरुङ बताउनुहुन्छ ।

मनास्लु क्षेत्रअन्तर्गत नुब्री र चुम गरी दुई उपत्यका पर्ने गर्छ । यस वर्ष नुब्री क्षेत्र मात्र चार हजार १२ जनाले भ्रमण गरेका एमक्यापका सोम गुरुङले जानकारी दिनुभयो । साथै ४४५ जना पर्यटकले चुम क्षेत्र मात्र भ्रमण गरेका छन् । ‘चुम र नुब्री दुवै क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्या ९३१ जना छ’, गुरुङले भन्नुभयो ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1