बेलहिया नाकाबाट भित्रिने पर्यटक घटे

tourist-belhia-bhairahawaभैरहवा । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट आउने पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको छ । गत वर्षको तुलनामा यस वर्षको पछिल्लो आठ महिनामा बेलहिया हुँदै आउने पर्यटकको सङ्ख्यामा कमी आएको अध्यागमन कार्यालयले जनाएको छ ।

गत वर्षको जनवरीदेखि अगस्टसम्म आठ महिनामा ७४ हजार पाँच सय ७५ पर्यटक आएकामा यस वर्ष सो अवधिमा ७१ हजार ९७ जना पर्यटक आएका कार्यालयका प्रमुख केशवराज शर्माले जानकारी दिनुभयो । नेपाल भित्रिने पर्यटकमध्ये पनि सार्कस्तरीय पर्यटकको सङ्ख्या निकै कमी छ ।

यो तथ्याङ्कलाई हेर्दा गत वर्षको भन्दा तीन हजार चास सय ७८ ले कमी रहेको कार्यालयका अध्यागमन अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भगवान् बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगयामा भएको घटनाका कारण लुम्बिनी दर्शनमा आउने पर्यटकको सङ्ख्या घटेको हो ।

श्रीलङ्का, थाइल्यान्ड, इन्डोनेसिया र बर्माबाट आउने पर्यटकको सङ्ख्यामा तुलनात्मक रूपमा कमी आएको अधिकृत शर्माले बताउनुभयो । विश्वमा आएको आर्थिक मन्दी, डलरको उतारचढाव, राजनीतिक अस्थिरता र पर्यटकका लागि आवश्यक सुरक्षा व्यवस्था सुदृढ हुन नसक्दा पर्यटकले नेपाल भ्रमणलाई छोट्याएको शर्माको ठम्याई छ ।

पछिल्लो तीन महिनायता भने गत वर्षभन्दा बढी पर्यटक भित्रिएको देखिएको छ । नेपाल आउने पर्यटकमध्ये श्रीलङ्का र थाइल्यान्डका बढी रहेका छन् ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1