फेवा पुग्यो भैरहवा


काठमाडौं । चीनबाट ल्याइएका दुई वटा विमानमध्ये मोडर्न आर्क (एमए ६०) चिनियाँ जहाजले शनिबारदेखि आन्तरिक उडान सुरू गरेको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार नयाँ चिनियाँ एमए ६०ले शनिबार दिउँसो तीन बजेबाट आन्तरिक उडान सुरू गरेको हो ।

चिनियाँ नयाँ जहाजले २२ जना यात्रु लिएर पहिलो पटक भैरहवाका लागि उडेको उनले बताए । नयाँ जहाजको पहिलो आन्तरिक उडान पाइलट ग्रिष्म श्रेष्ठले गरेका थिए । त्रिभुवन विमानस्थलबाट दिउँसो तीन बजे भैरहवा विमानस्थलका लागि उडेको विमान शनिबारै काठमाडौं फर्किएको उनले जानकारी दिए ।

शनिबारदेखि आन्तरिक उडानका लागि निगमका पाँच वटा जहाज छन् । एमए ६० सँगै आएको अर्को वाई १२ विमानले भने अझै उडान गर्न सकेको छैन । वाई १२ को उडान पनि यसै साताबाट सुरु हुने निगमले जनाएको छ । कागजी प्रक्रिया पूरा हुनासाथ चिनियाँ वाई १२ ले पनि आन्तरिक उडान सुरु गर्ने श्रेष्ठ बताउँछन् । फेवा नाम दिइएको एमए ६० को कलसाइन ‘नाइन एनएकेआर’ छ । -अन्नपूर्णपोष्टबाट

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1