पोखराको पर्यटन विकासमा जोड

पोखरा । नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ ।

नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठ र नवनिर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन सबै राजनीतिक दल, नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल–६ नं वडामा नै पर्ने भएकाले यसको संरक्षण र विकासका साथै यस क्षेत्रको विकासका लागि आफू सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले समृद्ध पोखराको निर्माणका लागि सम्पूर्ण पोखरेलीको सहकार्य र एकता आवश्यकता रहेकोमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ४ का अध्यक्ष गोविन्द पहारीले विकास निर्माणका लागि राजनीतिबाट माथि उठ्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, निट पोखराका सल्लाहकार निलकण्ठ शर्मा र लक्ष्मीबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्ष शिवराज अधिकारी, उपाध्यक्ष पशुपति शर्मा, नवनिर्वाचित वडा सदस्य हरिकृष्ण पहारी, पुण्य पहारी र राममाया विकलगायतले सुन्दर पोखराको निर्माणमा सबैको साथ र सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो । रासस

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1