पश्चिमाञ्चलको पर्यटन विकास गर्न सांसदको पहल

काठमाडौ, ३ माघ । पश्चिमाञ्चल विकास क्षेत्रको विकास गर्न आफूहरुले सक्दो पहल गर्ने सो क्षेत्रबाट संविधानसभामा निर्वाचित सभासद्ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यहाँ आज आयोजित ‘पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटकीय सम्भावना र विकास’ विषयको छलफलमा नेपाली काँग्रेसका रामचन्द्र पोखरेल, भरत शाह, जीवन परियार, प्रकाश पौडेल, कमला पन्त, शेखर भण्डारीलगायत ३० भन्दा बढी सभासद्ले पश्चिमाञ्चलको समग्र विकासका लागि आफूहरुले सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा  काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सांस्कृतिक, धार्मिक, साहित्यिक रुपमा पश्चिमाञ्चल क्षेत्रको विकास सम्भव रहेको बताउँदै पर्यटनको विकास गर्न गुरुयोजना बनाई दबाब दिइने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका निर्देशक काशीराम भण्डारीले सहरमा भन्दा गाउँ केन्द्रित पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो भने पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन विकासका लागि स्रोत र साधनको परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1