पशुपति क्षेत्रलाई खुला संग्राहलयको रुपमा विकास गरिने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष जीवनबहादुर शाहीले पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री शाहीले पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्न सके राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । शाहीले भन्नुभयो, ‘पशुपति क्षेत्रलाई अध्ययनस्थल एवम् पावनस्थलका रुपमा विकास गरेमा विदेशी पर्यटक र गैरहिन्दूका लागि आकर्षकको केन्द्र बन्नुका साथै विश्वमा नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुनेछ ।’

कार्यक्रममा पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने जानकारी दिइएको थियो ।

यसअघि निर्माण भएका तीनवटा गुरुयोजनाले पशुपति क्षेत्रमा खुलास्थल वृद्धि गरेकाले ती ठाउँमा के कस्ता संरचना निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न चौथो बृहत् गुरुयोजना निर्माण गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरातात्विक, धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपति क्षेत्रको गुरुयोजना निर्माण गर्दा सम्बन्धित विषयका विज्ञसँग रायसल्लाह लिनुपर्नेमा बताउनुभयो ।

कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले एक सातापछि तीन चरणमा धार्मिक, पौराणिक, सांस्कृतिक र वास्तुशास्त्रीय विषयका विज्ञलाई कार्यपत्र तयार गर्न लगाई कार्यशालामा प्रस्तुत गराई गुरुयोजना निर्माण गरिने जानकारी गराउनुभयो ।

कोषाध्यक्ष तारानाथ सुवेदीले राष्ट्रिय गौरवको पशुपति क्षेत्र आयोजनालाई समयमा नै सम्पन्न गर्न गुरुयोजना अत्यावश्यक भएको बताउनुभयो ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1