पर्यटकीय गाउँमा बिजुली पुगेपछि पर्यटक आगमनमा वृद्धि

तनहुँ । पर्यटकीय गाउँको रुपमा परिचित तनहुँको छिम्केश्वरी गाविसको हिलेर्खकमा बिजुली सेवा विस्तारपछि पर्यटक आगमनमा वृद्धि भएको छ । गत वर्षदेखि सो गाउँमा सञ्चालन गरिएको होमस्टेमा बिजुलीको सेवा विस्तारपछि हालसम्म बाह्य र आन्तरिक गरी करिब एक हजार पर्यटकले बास बसेको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश गुरुङले बताउनुभयो ।

उक्त स्थानमा लामो समयपछि बिजुली सेवा नपुग्दा हिलेखर्कवासी चिन्तित भएका थिए । ग्रामीण विद्युतीकरणअन्तर्गत जिविस तनहुँको ऊर्जा तथा वातावरण कार्यक्रमअनुरुप बिजुली सेवा विस्तार गरेपछि सो गाउँको मुहार फेरिएको हो ।

जिल्लाको आँबुखैरेनीस्थित मार्कीचोकबाट केन्द्रीय विद्युत् प्रसारणलाइनबाट करिब तीन किलोमिटर लामो दूरीबाट वितरण लाइन टाँगेर बिजुली सेवा विस्तार गरिएपछि झन्डै ७० घर गुरुङबस्ती लाभान्वित भएको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

उक्त गाउँका १० वटा घरमा होमस्टे सञ्चालन गरिएकामा उज्यालो नहुँदा सास्ती खेप्न बाध्य स्थानीय एवम् पर्यटकका लागि सहज भएको उहाँले बताउनुभयो ।

करिब रु १९ लाखको लागतमा सम्पन्न भएकामा रु १० लाख सरकारको अनुदान, गाविसबाट रु एक लाख र अन्य स्थानीय श्रमदान रहेको जिल्ला विकास समिति ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।

जिल्लाको देउराली–४ मा रहेको हिलेखर्क गाउँ पछिल्लो समयमा पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदै गएको बताइएको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1