निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन


काठमाडौं । निर्माणाधिन भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको संसदको विकास समितिले निर्माणाधिन तीन वटै अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएको हो ।

बैठकले निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण मोडालिटीबारे स्पष्ट कार्ययोजना बनाउन पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सचेत गराएको छ । समितिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी विमानस्थलको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा अर्थ मन्त्रालयका सहसचिव एवम् बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख मधुकुमार मरासिनीले तीन वटै अन्तराष्ट्रिय विमानस्थलका लागि बजेटको अभाव नभएपनि कार्यप्रगति विवरण भने सन्तोषजनक नभएको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले अन्तराष्ट्रिय विमानस्थलजस्तो निर्माणको कामलाई उच्च प्राथमिकता नदिएको भन्दै आपत्ती जनाएका थिए ।

बैठकले भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा मूल निर्माण व्यवसायी र स्थानीय निर्माण व्यवसायीबिच देखिएको असमझदारी तत्काल समाधान गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1