नाट्टाले चीनमा पर्यटन प्रवद्र्धन गर्ने

काठमाडौँ  । नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटन प्रवद्र्धनका लागि नियमित रुपमा गर्दै आएको चाइना सेल्स मिसन पुनः यस पटक पनि चीनमा गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास बेइजिङको सहकार्य एवम् समन्वयमा यही जेठ २४ देखि १० दिनसम्म चीनका चार प्रमुख व्यावसायिक सहर चेङदु, ग्वाङजाउ, हाङजाउ र बेजिङमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपालको पर्यटकीय गन्तव्य र उत्पादनबारे जानकारी गराइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

नाट्टाका अध्यक्ष मधुसुदन आचार्यको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीको प्रवद्र्धन टोलीमा ट्राभल÷टुर व्यवसायी, होटल एवम् ट्रेकिङका गरी कुल ३२ जना सहभागी हुने नाट्टाले जनाएको छ ।

टोलीले चारैवटा सहरमा नेपालको पर्यटनबारे प्रस्तुतीकरण गर्नुका साथै त्यहाँको स्थानीय टुर अपरेटरसँग व्यवसायी÷व्यवसायीबीच छलफल गर्ने तथा स्थानीय सञ्चार माध्यमलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराइने कार्यक्रम छ ।

सन् २००९ मा चीन सरकारले नेपाललाई पनि सम्भाव्य चिनियाँ नागरिकका लागि प्रमुख गन्तव्यका रुपमा मान्यता दिएपछि नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको नाट्टाको ठहर छ । -रासस

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1