देहरादुनमा नेपाली सांस्कृतिक कार्यक्रम : एकता र मित्रताको सन्देश

dehradun-cultural-program-12oct1
देहरादुन । युद्ध इतिहास बोकेको देहरादुन सहरको बीचोबीचमा एउटा शान्त बगैँचाभित्र एउटा सालिक ठडिएको छ । ब्रिटिस साम्राज्यवादविरुद्ध सुवासचन्द्र बोस नेतृत्वको सेनामा लडेका गोर्खाली नायक दुर्गा मल्लको सालिकले देहरादुनको गढी क्यान्ट क्षेत्रलाई अझै पनि गोर्खाली वीरताको छुट्टै परिचय दिइरहेको छ । त्यहीँ दुर्गा मल्लको सालिक भएको ठाउँ दुर्गा मल्ल पार्कमा अक्टोबर १२ का दिन हजारौं नेपालीभाषी समुदाय भेला भए । ती समुदाय, जसले नेपालीभाषी गोर्खाली समुदायको प्रतिनिधित्व गर्छन्, जसले मातृभूमि नेपालको प्रतिनिधित्व गर्छन् । तिनै नेपालीको, तिनै गोर्खालीको जमघटले एउटा सन्देश दिँदै थियो, संसारभरि रहेका जोसुकै नेपालीभाषी समुदाय किन नहुन सबैबीच एकता भ्रातृत्व, बन्धुत्व र सद्भाव जरुरी छ । गोर्खाली मिलन समारोह एवम् नेपाली सांस्कृतिक कार्यक्रममार्फत नेपाली र भारतीय गोर्खाली कलाकारले एकताको सन्देश दिए ।

dehradun-cultural-program-12oct4
नेपाली समुदायलाई दुर्गा मल्ल पार्कमा जमघट हुने मेसो मिलाएको थियो, गत जनवरीमा भारतको राजधानी नयाँदिल्लीमा विधिवत् स्थापना भएको वल्र्ड गोरखा फाउन्डेसन ट्रस्टले । ट्रस्टको आयोजनामा देहरादुन क्षेत्रका गोर्खाली समुदाय र नेपाली भूमिलाई एक बनाउने प्रयास भएको थियो, सांस्कृतिक कार्यक्रममार्फत । गोरखाली मिलन समारोह एवं नेपाली सांस्कृतिक कार्यक्रममा हजारौंको सहभागिताले सन्देश दिँदै थियो, ‘दुनियाको जनुसुकै कुनामा भए पनि नेपालीभाषीबीच एकता, भ्रातृत्व, सद्भाव भाइचाराको दरिलो सम्बन्ध छ ।’

उत्तराखण्ड राज्य सरकारका मुख्यमन्त्री हरिश रावत प्रमुख अतिथि थिए, जनमानसले व्यग्रतापूर्वक मुख्यमन्त्री रावतको प्रतीक्षा गरेको थियो । किनकि रावतप्रति उत्तराखण्डका गोरखाली समुदायको बढी नै भरोसा थियो । नेपालको सीमावर्ती भारतीय धार्चुला जिल्लानिवासी रावत नेपाली भाषालाई राम्रोसँग बुझ्थे । नेपालीभाषी गोरखाली समुदायको समस्या र पहिचानको गम्भीर प्रश्नले उनलाई पनि पोलेको थियो, त्यसैले रावतले कार्यक्रम उद्घाटन गर्दै सार्वजनिक रूपमा रेकर्ड रहनेगरी भने– नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । गोर्खाली समुदायलाई आफूले सधैं सम्मान गर्ने र आफू पनि नेपालीजस्तै देखिने भन्दै मुख्यमन्त्री रावतले सधैंभरि उनीहरूको साथमा रहने सार्वजनिक प्रतिबद्धतासमेत जाहेर गरे ।

नेपालमा संविधान लेखनमा सहभागी संविधानसभा सदस्य एवं नेपाली कांग्रेस सभासद् दिलमान पाख्रिनले वल्र्ड गोरखा फाउन्डेसन ट्रस्टलाई बधाइ दिँदै संसारभरि रहेका गोरखाली समुदायबीच एकता र भाइचारा कायम गर्न यस्ता कार्यक्रमले सफलता मिल्ने बताउनुभयो । सभासद् पाख्रिनले बुद्ध जन्मभूमि नेपालले धर्म र संस्कृतिको माध्यमबाट भारतसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सफल भएको जिकिर गर्नुभयो ।

dehradun-cultural-program-12oct7
कार्यक्रममा उपस्थित हुन दिल्लीबाट देहरादुन पुगेका भारतका लागि कार्यवहाक नेपाली राजदूत कृष्णप्रसाद ढकालले गोरखाली र नेपाली समुदायको हक–हितको पक्षमा दूतावासले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल र भारतबीच रोटी र बेटीको मात्र सम्बन्ध रहेको नभई ऐतिहासिक, सांस्कृतिक सम्बन्धले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाएको राजदूत ढकालको भनाइ थियो ।

वल्र्ड गोरखा फाउन्डेसन ट्रस्ट अध्यक्ष समीर प्रधानले नेपालीभाषी गोरखाली समुदायलाई एउटै सूत्रमा बाँध्न कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रधानले कुनै पनि राजनीतिक दलभन्दा पृथक रहेको ट्रस्टले आगामी दिनमा नेपाल र भारतमा रहेका सबै नेपालीभाषी समुदायबीच अझ बढी सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रममा साँझ अबेरसम्म चलेको थियो । तरपनि, कार्यक्रममा उपस्थित जनमानस टसमस नगरी बसेको थियो ।

dehradun-cultural-program-12oct8
बीचबीचमा शुभकामना सन्देश र सांस्कृतिक कार्यक्रम एकसाथ अघि बढाइएमा दार्जलिङबाट गायनयात्रा थालेका गायक विक्रम कालिकोटेको ‘तुलसी आँगनमा रोपौंला, जीवनभरि छातीमा राखी मायाले छोपौंला’ शीर्षाकृत गीतले दर्शकलाई जुरुक्कै उचाल्यो ।

नेपालका लोकप्रिय लोकगायक बद्री पंगेनीको ‘मन थिएन जोगी बन्नलाई’ बोलको गीतले सबैलाई एक्कैछिन भावुक बनायो भने पोखरालाई केन्द्र बनाउँदै दोहोरीगीतमा जमेकी लोकप्रिय लोकगायीका ज्योति लोहनीले युवा दर्शकलाई मञ्चसम्मै तान्न सफल भइन् ।

dehradun-cultural-program-12oct3
गोरखाली समुदायको बीचमा भएपछि वीरताको चिनो खुकुरीलाई छोड्ने त कुरै भएन । संगीतमात्रको खुकुरीसहितको नृत्यलाई सबैले सम्मान गरे भने दार्जलिङका लोकप्रिय गायक पवन दियालीले युवा जमातलाई जुरुक्कै उचालेका थिए ।

भारतीय स्वतन्त्रता संग्रामका प्रथम सहिद मेजर दुर्गा मल्लको स्मृतिमा बनेको पार्कमा उपस्थित सबैले दुर्गा मल्ललाई पनि बिर्सिने काम गरेनन् । भारतीय पूर्वगोरखा सैनिक मात्र होइन, नेपाली भूमिबाट विविध कारणले भारत प्रवासमा पुगेका नेपालीजनले अन्तिमसम्म धैर्यतापूर्वक कार्यक्रममा सहभागिता जनाए ।

dehradun-cultural-program-12oct5
वल्र्ड गोर्खा फाउन्डेसन ट्रस्टले स्थापनाको वर्ष दिन नबित्दै दसैँ–तिहारको उपलक्ष्य पारेर देहरादुनमा भव्य सांस्कृतिक कार्यक्रम गयो । कार्यक्रमलाई सबैले सफल भएको भन्दै शुभकामना दिए । नेपाली जातिका पक्षमा काम गर्ने एकमात्र उद्देश्य बोकेको ट्रस्ट राजनीतिभन्दा पूरै पृथक रहन जरुरी छ । ट्रस्ट भारतमा मात्र होइन, नेपालमा र बाँकी विश्वमा रहेका सबै नेपाली समुदायबीच पुग्न जरुरी छ र विभिन्न किसिमका कार्यक्रममार्फत संसारभरि रहेका नेपालीभाषी समुदायलाई एउटै मालामा गाँस्न जरुरी छ, एकताको सूत्रमा बाँध्न जरुरी छ । संसारभरि छरिएका तमाम नेपाली समुदाय आपसमा एकजुट भएर अघि बढ्न सके वीरताको विरासत बोकेका समुदायलाई कसैले आँखा लगाउन नसक्ने भने स्पष्टै छ ।
dehradun-cultural-program-12oct9

dehradun-cultural-program-12oct10

 

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1