‘थोराङलापास हिमपात’, आकाशमार्गबाट जे देखियो…

mustang-manang-himpat4

गत असोज २८ गते मनाङ र मुस्ताङको बीचमा पर्ने थोराङ्लापास क्षेत्रमा अचानक आएको हिमपातेले ठूलो जनधनको क्षति पुर्याएको छ । विश्वकै उत्कृष्ट उच्च हिमाली पदमार्ग अन्नपूर्ण सर्किटको थोराङ्लापास क्षेत्रमा गएको हिमपातका कारण अहिलेसम्म ४० जना भन्दा बढी विदेशी पदयात्री एवं नेपाली गाईड र सहयोगीको मृत्यु भएको छ भने अझै पनि कैयौं हराइरहेका छन् । नेपालको पर्यटन इतिहासमा यो दुर्घटना कहिल्यै नमेटिने दुःखद छापको रुपमा रहिरहने छ ।

हिमपातमा परेकाहरुको उद्दारका लागि नेपाली सेनाको अल्पाइन रेस्क्यू टिम र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालको उद्दार टोलीले ठूलो भूमिका निर्वाह गरेका छन् । सरकारले उद्दारको भरपर्दो व्यवस्था गर्न नसकेको भन्ने आरोप लागेपछि पर्यटनमन्त्री दिपकचन्द्र अमात्य नेतृत्वको टोलीले शुक्रबार मनाङदेखि मुस्ताङसम्मको पदमार्गको हवाई निरीक्षण गरेको छ ।

सरकारी निरीक्षण टोलीमा सहभागी भएका एबीसी टेलिभिजनका सम्वाददाता आनन्द गुरुङले हिमपात भएको क्षेत्रका केही तस्वीर टुरिजम अफ नेपाल डट कमलाई उपलब्ध गराएका छन् ।

mustang-manang-himpat

mustang-manang-himpat1

mustang-manang-himpat2

mustang-manang-himpat3

mustang-manang-himpat6

mustang-manang-himpat7

mustang-manang-himpat8

mustang-manang-himpat9

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1