ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गरिने

dhorpatanबागलुङ । सरकारले ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।चार वर्ष अघिदेखि मध्यवर्ती क्षेत्र घोषणा गर्न पहल थालिए पनि अहिले आएर घोषणाको लागि सम्पूर्ण आधार तयार हुन लागेको जनाइएको छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालयले पटक–पटक मध्यवर्ती क्षेत्र घोषणाको लागि स्थानीय तहदेखि केन्द्रसम्म दबाब बढाएको थियो । आरक्ष क्षेत्रभित्र पर्ने बागलुङ, म्याग्दी र रुकुम जिल्लाका केही गाविसलाई मध्यवर्ती क्षेत्रमा समेटिने भएको छ । चार सय ३० दशमलब ८० वर्ग किलोमिटर क्षेत्रफल मध्यवर्ती क्षेत्रमा समेटिने आरक्ष कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार मध्यवर्ती क्षेत्रको नक्साङ्कन गर्ने काम पनि पूरा भएको छ । रुकुमको मैकोट, म्याग्दीको गुर्जाखानी गाविस पनि मध्यवर्ती क्षेत्रमा समेटिने भएको छ । सड्चालीस मानव बस्ती मध्यवर्ती क्षेत्रभित्र पर्ने भएका छन् । घोषणाको लागि आवश्यक प्रक्रिया विभाग हुँदै वन मन्त्रालयमा पुगेको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । “प्रक्रियाको थप अध्ययन र आवश्यक तयारी पूरा गरेपछि घोषणा हुन्छ, आरक्ष कार्यालयले विशेष चासोका साथ मध्यवर्ती क्षेत्र घोषणाको लागि पहल थालेको छ” अधिकृत श्रेष्ठले भन्नुभयो ।
स्थानीयवासीको सहभागिता र समझदारीका लागि छलफल तथा अन्तक्र्रिया पनि चलिरहेको श्रेष्ठले जानकारी दिनुभयो । संरक्षण र विकासको साझा अवधारणाअनुसार ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न लागिएको होे । सुरुमा मध्यवर्ती क्षेत्र घोषणाको अवधारणाबारे स्थानीयमा फरक–फरक बुझाइ भएका कारण पनि घोषणामा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । मध्यवर्ती क्षेत्र घोषणा भएपछि आरक्षबाट बर्सेनि सङ्कलन हुने राजस्वको ५० प्रतिशत रकम आरक्षमै फर्कने आरक्ष कार्यालयले जनाएको छ । उक्त सरकारी राजस्वको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्र कार्यक्रम र सामुदायिक विकासका लाागि खर्च हुने संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।
मन्त्रालयस्तरबाटै आरक्ष क्षेत्रभित्र पर्ने तीनै जिल्लाको सहभागितामा मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् गठनको पनि तयारी भइरहेको जनाइएको छ । घोषणापछि त्यसक्षेत्रमा आरक्षको संरक्षण, व्यवस्थापन, सामुदायिक विकास, सीप विकास, आयआर्जन, पर्यटन विकासलगायतका कार्यक्रम सञ्चालन गरिने आरक्षले जनाएको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1