‘जलजला’ एउटा पहाडमात्रै होइन, सुन्दर र गर्विलो इतिहास हो (फोटोफिचरसहित)

jaljala-rolpa-ton3
‘तिम्रै निम्ती बरू यो ज्यान गए गइजाला
तिमीसँग गहिरो माया बस्यो जलजला ‘

गीतका यि हरफ कुनै बेला चर्चित थिए । यही गीत देशभर गुन्जाउँदै माओवादीले जनता उचालेको थियो । जनयुद्धको राजधानी भनेर चर्चित रोल्पाको एउटा सुन्दर पहाड जलजला, साँच्चै सुन्दर छ र नै त युद्ध छेड्ने सुन्दर गीतसमेत बन्यो । तत्कालिन विद्रोही माओवादीले रोल्पामा सञ्चालन गरेको रेडियो जनगणतन्त्रले माथिको गीत बारम्बार गुन्जाउँदा रोल्पालीलाई कण्ठै भैसकेको थियो । रोल्पा सदुमुकाम लिबाङदेखि करिब २७ कोष टाढा रहेको जलजला पहाड प्राकृतिक र धार्मिकरुपमा आदिम कालदेखि नै चर्चित थियो । जब माओवादीले जलजला काखको गाउँ ‘थवाङ’ लाई युद्धको मुख्य सेल्टर बनायो तब झनै चर्चित बन्यो ।
जलजलाको प्राकृतिक सुन्दरताबीच जनयुद्धले थवाङलाई बढ्ता चिनायो, जे–जे कारणले भएपनि । राज्यको बर्बरता थवाङमा बढी खनियो, जनयुद्ध दबाउन किनभने माओवादीको सबैभन्दा ठूलो र सुरक्षित सेल्टर थियो, थवाङ । स्थल मार्गबाट राज्यका सुरक्षा दस्ता पुग्न बर्जितजस्तै बनेको थबाङमा सेनाका हेलिकप्टरबाट बमवर्षा गराएर सर्वसाधारण भुटिएको घटना इतिहासका साक्षी छन् । तत्कालीन शाही सेनाले रोपेको बम बारुदको बालीले गाउँ नै खरानीमा बदलिएको तीतो सत्य जिवित छ, थवाङमा ।
jaljala-rolpa-ton9
तर, युद्धको चिनो बोकेर अझै बाँचिरहेको थवाङमा राज्यको सकारात्मक नजर पुगेको छैन । युद्धका डोबहरू संरक्षण तथा प्रचार गरेर युद्ध पर्यटनको विकास गर्दै जलजलाको काखमा देशी विदेशी पर्यटक पुर्‍याउन सक्ने प्रचुर सम्भावना छ । विश्वका कैयौं राष्ट्रले युद्धको इतिहास जिवित राखेर युद्ध पर्यटन प्रवद्र्धन गरेका उदाहरण छन् । तर, नेपालमा रोल्पाको थवाङ गाउँ र जलजला पहाड युद्ध र सुन्दरता दुबै पाटोको गर्विलो इतिहास बोकेर पनि व्यर्थझैं बनिरहेछ ।
तत्कालिन नेकपा माओवादीले संचालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुई बर्षसम्म यहि जलजला पहाडबाट भूमिगतरुपमा प्रशारण गरिएको थियो । समुन्द्र सतहबाट ३,७७२ मिटर उचाइमा रहेको जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो । घाँसेमैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पाहुनाका लागि आर्कषणको केन्द्र बन्न सक्ने पक्का छ । जनयुद्धको तयारी गर्दै गर्दा सीज (सीस्ने जलजला) अभियाको क्रममा माओवादीले निर्माण गरेको स्तम्भ २०५९ सालताका संकटकालको बेला तत्कालिन शाही नेपाली सेनाले भत्काएपनि शान्तिप्रक्रियापछि पुन: निर्माण गरिएको छ ।
jaljala-rolpa-ton12
अहिले जलजला पहाडले शान्ति खोजेको छ, थवाङले युद्धका डोबहरु सुरक्षित मात्र बनुन भन्ने चाहेको छ र समग्र जलजला क्षेत्रले आफुलाई बाँकी समाजले, देशले चिनोस भन्ने चाहेको छ । युद्ध पर्यटनका साथसाथै जलजलाको सुन्दरताको व्याख्या होस भन्ने चाहेको छ । बढीभन्दा बढी पर्यटकहरुलाई आफुमा समागम गराउन चाहेको छ । तर, खाँचो पहलकदमीको छ, खाँचो जलजलालाई बुझ्नेहरुको छ, खाँचो जलजला क्षेत्र पनि देशको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ भन्ने सकारात्मक सोच राख्नेहरुको छ ।
jaljala-rolpa-ton24
रोल्पाको उत्तर पूर्वमा पर्ने जलजला पहाड रुकुम र बाग्लुङको सिमानामा पर्छ । राज्यले जलजलाको प्रवद्धर्ननमा कुनै दिर्घकालिन योजना अगाडि नसारेकै कारण यसको परिचय कमजोर बन्दै गएको छ । अग्लो पहाडमा बजुबराहको थान रहेकाले जेठ पूर्णिमा र असारे पूर्णिमा तथा भदौरे पूर्णिमामा पुजाआजा गरिन्छ । प्रत्येक मेलामा हजारौं बढीको संख्यामा भेंडाको बली दिने गरिन्छ । मनोकामना पूरा हुने आशाका साथ वर्षैपिच्छे भेडाको बली दिन दाङ, प्यूठान, सल्यान, बागलुङलगायत नेपालका बिभिन्न ठाउँ तथा छिमेकी देश भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।
jaljala-rolpa-ton8
बली नदिए अनिष्टसमेत हुने धार्मिक विश्वास भएकाले यहाँ वर्षमा तीन पटकसम्म बली दिने प्रचलन छ । तर हालसम्म पनि त्यस क्षेत्रमा बाटो तथा सञ्चारको सुविधा नभएका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिएको छैन । जिल्लाकै योजनामा समेत जलजलाको महत्व अटाउन सकेको देखिंदैन ।
jaljala-rolpa-ton1
२०५५ सालदेखि तत्कालिन नेकपा माओवादीको नेतृत्व र स्थानीय समुदायको सभागीता एवम् सक्रियतामा चरिचराउ बन्द गरी हालसम्म संरक्षित गरिएको छ । यस क्षेत्रमा अति नै लोप हुन लागेको दुलर्भ मानिएको रातो पाण्डासमेत पाइने भएकाले पनि संरक्षणमा उच्च प्राथमिकता आवश्यक देखिन्छ ।
jaljala-rolpa-ton18

jaljala-rolpa-ton17
चैतदेखि भदौसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुने जलजला आजभोलि दर्जनौं प्रजातिका गुराँस फुलले राताम्य बनेको छ । गुराँसबाहेक सुगन्धव, हाङ्व, रथविरथ, पातव, विन्जोरीव, धस्कीनी, जिलावलगायतका फूलहरु चैतदेखि भदौसम्म फुल्ने भएकाले जलजला बाह्रै महिना फूलमा ढकमक्क हुन्छ ।
jaljala-rolpa-ton11
जलजला क्षेत्रमा थार, घोरल, झारल, मृग, बँदेल, भालु, चितुवा, बाघ, कस्तुरी, डाँफे, मुनाल, फक्रांश, कालिजलगायतका वन्यजन्तुहरू पनि पाइन्छन् । जडिबुटीमा पाँचऔंले, विषमा, अतिस, कुठ, सतुवा, निरमसी, पाखनवेद, सुगन्धवाल, चिराइतोलगायत पाइन्छन् । समुद्री सतहबाट ३,२६६ मिटर उचाइमा अवस्थित ‘धरमपानी चुचुरो’ जलजला क्षेत्रकै सर्वाधिक अग्लो चुचुरो हो । यहाँबाट आकर्षक सूर्योदय अवलोकन गर्न सकिन्छ ।
jaljala-rolpa-ton31

jaljala-rolpa-ton29

jaljala-rolpa-ton28

jaljala-rolpa-ton27

jaljala-rolpa-ton26

द्वन्द्वकालीन समयमा माओवादीले विभिन्न तालिम र गतिबिधि चलाएको थियो, जलजला पहाड क्षेत्रमा । माओवादी जनयुद्धका सहिदहरूको सम्झनामा अहिले पाँच कुने शहीद स्मृति स्तम्भ निर्माण गरिएको छ ।
jaljala-rolpa-ton14
गुरिल्ला ट्रेलकोरुपमा अगाडि बढाउन सकिने सम्भावना बोकेको जलजला क्षेत्र अध्ययनको केन्द्रसमेत बन्न सक्ने देखिन्छ । राष्ट्रकै सम्पदाको रुपमा रहेको जलजलाको विकास र प्रर्वद्धनका लागि राज्य दीर्घकालीन तथा एकीकृत योजनामार्फत् अगाडि बढ्नुपर्ने देखिन्छ ।jaljala-rolpa-ton7
-मनिषा श्रेष्ठ, रोल्पा/तस्वीर सौजन्य : मनिषा श्रेष्ठ

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

8 Comments for “‘जलजला’ एउटा पहाडमात्रै होइन, सुन्दर र गर्विलो इतिहास हो (फोटोफिचरसहित)”

  1. dherai raamro lagyo malaai yo thaau tara ma rolpali bhaye ko le yesko development hunu par6 bhanne chahana 6 malai.. plz haamro MP le yeta tir dhyaan dina paryo plz

  2. Rolpa auta durgam thau vaner chinixa sayad tes thau sama ma bikas huna khi barsa lagxa but malaibiswas xa tyo din teti tadha xaina ..

  3. khim oli rolpa rank

    Mali rolpa ko saundra dhari man paruo tapai li dhari dhari dhana bad

  4. Himal BUdha Magar Mirule

    i am so happy inform toy you, its must be neccesury for devlopment our Rolpa and there Villages, VDC etc. i hope you will countineu on this way. thankyou

  5. Jhakku Acharya

    Sundar Rolpa

  6. prakash gharti rangsi

    eak choti janai parne thau jaljala

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1