कोसी टप्पुमा चराप्रेमीको आगमनमा वृद्धि

koshi-tappu-birdsसुनसरी । पूर्वाञ्चलको पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा यतिबेला चराप्रेमीहरुको आगमन ह्वात्तै बढेको छ । गर्मी महिनामा एक दुईजना चराप्रेमीहरु मात्रै आउने गरेकामा हाल जाडो समयमा दैनिक चारदेखि २० जनासम्म चरा अवलोकनका लागि आउने गरेका छन् । 

सीमसार दिवस आउन लागेको समयमा चराप्रेमी र चरा विज्ञहरुको आगमनमा वृद्धि भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाई चौधरीले जानकारी दिनुभयो । नेपालकै सबैभन्दा बढी चराचुरुङ्गी पाइने आरक्षका रुपमा स्थापित कोसीटप्पुमा स्वदेशी तथा विदेशी चराप्रेमी र चरा विज्ञहरुको आगमनमा वृद्धि भएको स्थानीय जनताले समेत बताएका छन् । 

यहाँ दैनिक रुपमा चरा अवलोकन, अध्ययन र अनुसन्धान गर्न विदेशी पर्यटक तथा विद्यार्थीसमेत आउने गरेको आरक्षको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५०१ प्रजातिका चरा पाइएको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1