ओझेलमा पर्यटकीयस्थल मार्गा पोखरी

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

धार्मिक महत्व रहेको पर्यटकीय हिसाबले जिल्लाकै एक महत्वपूर्ण मानिने मार्गा पोखरीको संरक्षण गर्न कसैको ध्यान पुगेको छैन ।

तेह्रथुम र धनकुटाका समेत केही गाउँहरु पर्ने ऐतिहासिक छथर क्षेत्र उत्कृष्ट पर्यटकीयस्थल बन्ने सम्भावना भएर पनि संरक्षण नहुँदा मार्गा पोखरी वर्षेनी सुक्दै गएको छ । गत वर्षभन्दा यस वर्ष बर्खामा पानीको मात्रा घटेको स्थानीयले बताएका छन् ।

यो पोखरीको विकासका लागि स्थानीयवासीले विगत लामो समयदेखि प्रयास गर्दै आएका छन् । तर सरकारी निकायबाट कुनै पनि पहल नहुँदा पोखरीको विकासमा उल्लेख्य काम गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

धनकुटा र तेह्रथुमको बीचमा रहेको मार्गा पोखरीको विकासका लागि तत्कालिन जिल्ला विकास समितिको कार्यालयले छथरको पञ्चवर्षीय योजना नै बनाएको थियो । तर त्यो योजना कार्यान्वयन भएन । कारण थियो पोखरीको संरक्षण गरेपछि त्यसको लाभ भने तेह्रथुमभन्दा धनकुटाका बासिन्दाले बढी लिन्छन् भन्ने । दुई जिल्लाको बीचमा भएकै कारण पोखरीको धार्मिक महत्व र पर्यटकीय सम्भावना मरेर गएको स्थानीयले गुनासो गरेका छन् ।

त्यसो त सरकारी निकायले चासो नदिँदा पर्यटकीयस्थलको विकास हुन नसकेको भन्दै यहाँका युवाले पनि पटकपटक मेला र महोत्सवबाट यी स्थलको प्रचारप्रसारको प्रयास गरेका छन् । छथर क्षेत्रकै पर्यटकीयस्थलको विकास गर्न छथर महोत्सवका नामले चार पटक महोत्सव गरिएका छन् । तर त्यसबाट मात्र यी क्षेत्रको पर्याप्त विकास नहुने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आँखेवाले बताउनुभयो ।

पोखरी संरक्षण र नजिकै रहेको पटेक डाडा“मा पिकनिक स्पट, भ्युटावर निर्माणका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्ने हो भने अझै पनि मार्गा पोखरी राम्रो पर्यटकीयस्थल बन्न सक्ने आँखेवाको भनाइ छ ।

यहाँका स्थानीयसँगै पूर्वका विभिन्न बजार र भारतबाट समेत मार्गा पोखरीमा पूजा र स्नान गर्न आउँछन् । हरेक वर्षको भाद्र पूर्णिमाको अवसरमा यहाँ पूजा र मेलासँगै बिजुवा गुफा समेत बस्ने गरिएको छ ।
खासगरी भारतको विहारबाट नजिकको दूरीमा रहेको यो क्षेत्रको पर्यटकीय विकास गर्नसके विहारवासीको नया“ पर्यकटीय गन्तव्य हुन सक्ने देखिन्छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1