एकपटक जानै पर्ने ठाँउ ‘मुक्तिनाथ’

muktinath graphic
रमेश कार्की,मुस्ताङ । नेपाल धार्मिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण मुलुक हो । नेपालको मूर्त तथा अमूर्त सम्पदाहरुले विश्व लोभ्याउने गरेको छ  तर पहिचान, संरक्षण र प्रवद्र्धन अभावमा त्यस्ता सम्पदाहरु ओझेलमै रहने गरेका छन् । विश्वले चिनेका कतिपय स्थलहरुसमेत प्रवद्र्धन र पूर्वाधार विकास गर्न नसक्दा त्यसले दिन सक्ने लाभ हामीले लिन सकिरहेका छैनौ ।

muktinath

त्यस्तै स्थानमध्येको एक हो मुस्ताङको मुक्ति क्षेत्र । मुस्ताङ एउटा जिल्लाको नाम मात्र होइन, यो विश्वकै दसौं स्थानमा पर्ने पर्यटकीय गन्तव्य पनि हो । यहाँको धार्मिक, साँस्कृतिक र प्राकृतिक रसास्वादन गर्न देश विदेशका पर्यटक मरिहत्ते गर्ने गर्दछन् । हिमाल पारीको जिल्लाको नामबाट समेत चिनिने मुस्ताङ जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमाशिखरको काखमा अवस्थित छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमासमेत ख्यातिप्राप्त यस क्षेत्रको मनोरम प्राकृतिक छटाको कसैले बयानसमेत गर्न सक्दैन । muktinath1

कालीगण्डकीको उद्गमस्थल मुक्ति क्षेत्र मुक्तिनाथ, केदारनाथ र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि हो । ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको मुक्ति क्षेत्रमा विशेषगरी आन्तरिक साथै सार्क मुलुक र विश्वका अन्य देशका नागरिक पर्यटकका रुपमा पुग्ने गर्दछन् । आन्तरिक र सार्क राष्ट्रबाट आउने बढी धार्मिक पर्यटक भए पनि पश्चिमा मुलुकबाट प्राकृतिक सुन्दरता अवलोकन गर्न आउनेहरुको पनि कमी रहँदैन । युरोपियन पर्यटकहरु भने राउण्ड अन्नपूर्णको बाटो हुँदै बेशीसहरबाट मनाङको थोरङपाससम्म पुग्ने गर्दछन् । थोरङपास ५ हजार ४ सय १६ मिटर उचाईमा पर्दछ । त्यसैले मुक्तिनाथ क्षेत्र पुगेर उन्मुक्त महशुस गर्नुको आनन्द अलग्गै छ । यात्रा पनि त्यत्तिकै रोमाञ्चक हुने गर्दछ । तर, पूर्वाधार निर्माणमा गरिएको उपेक्षाका कारण जोखिमसमेत मोल्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले त्यसतर्फ भने ध्यान दिनु आवश्यक छ ।  मुक्तिनाथ क्षेत्र पुग्नका लागि हवाई र सडक दुर्व मार्ग उपलव्ध छ ।

muktinath4

एडभेन्चरका लागि सडक मार्ग उपयुक्त हुन सक्छ । जोखिमपूर्ण भए पनि भिर पाखा, खोलानाला, छहरा, बादलसँग लुकामारी गरिरहेको हिमालको मनमोहक दृश्यावलोकन गर्दै जानुको मज्जा बेग्लै छ । कालीगन्डकीले सुस्केरा हाल्दै आफ्नो किनाराबाट आफ्नो गन्तब्यमा हिडिरहेकाहरु थाकेका बेला गण्डकीको किनारामा बस्दा प्राप्त हुने चिसो हावाको स्पर्श स्वर्गीय आनन्दभन्दा कम छैन । मार्फाको स्याउ बगैंचाबाट आफैले स्याउ टिपेर खान पाउनुको आनन्द अर्कै छ । सहर बजारको अस्तव्यस्त जीवनशैलीमा बाँचिरहेकाहरुका लागि मुक्ति क्षेत्र साँच्चिकै मुक्त अनुभूत गराउने स्थल हो । मुस्ताङ धार्मिक, प्राकृतिक र साँस्कृतिक सबै दृष्टिले सबैलाई लोभ्याउने स्थल हो । धार्मिक किम्बदन्तीअनुसार मानिसको व्यस्त जीवनशैलीका कारण धार्मिक आस्थामा कमी आएपछि यहाँ आएर लोक कल्याण र प्राणी रक्षाका लागि तपस्या गरेको मानिन्छ । स्वयम भगवान विष्णु यहाँ आएर बसेपछि सृष्टि संचालनमा समस्या भएपछि तपस्यामा रहेका विष्णुलाई तपस्याबाट बाहिर आउन आग्रह गर्दा उत्पन्न पसिनाबाट कालीगण्डकीको उत्पत्ति भएको भन्ने जनविश्वास रहेको यहाँका पूजारी बताउँछन् । तिनै गण्डकीले तपस्या गरेर भगवानलाई खुसी पारी बरदान माग्दा स्वयमलाई आफ्नो पुत्रका रुपमा आउन भनेपछि भगवान शालीग्रामको रुपमा कालीगण्डकीमा आएकाले शालीग्रामलाई भगवान विष्णुका रुपमा पुज्ने गरेको किम्बदन्ती छ । त्यसैले मानिसले पाएको एउटा जन्ममा अन्य धर्मकर्म जति गरे पनि मुक्तिनाथको दर्शन नगरे मोक्ष प्राप्त नहुने मानिँदै आएको छ । एक पटक मुक्तिनाथ दर्शन गर्दा सबै पाप नष्ट हुने धार्मिक जनविश्वास छ। त्यसैले पनि विश्वका विभिन्न भागबाट हिन्दू र बौद्ध धर्मावलम्बीहरु मुक्तिनाथ दर्शनका लागि आउने गर्दछन् । त्यस्तै यो क्षेत्र साँस्कृतिक विविधताको पाठशाला पनि हो । त्यसैले विभिन्न देशबाट साँस्कृतिक पक्ष अध्ययन र अवलोक गर्न पनि आउने गरेका छन् । त्यो भन्दा पनि बढी यहाँको प्राकृतिक दृष्यवलोकन गर्न आउनेहरुको

लर्को लाग्ने गर्दछ । muktinath 5
विश्वकै दशमध्येको एक पर्यटकीय गन्तव्यका रुपमा रहेकाले पनि यहाँ प्राकृतिक दृष्यावलोक गर्न आउनेहरु बढिरहेका छन् । यसरी धार्मिक, साँस्कृतिक र प्राकृतिक सुन्दरता अवलोकन गर्न आउनेहरुका लागि पर्याप्त सुविधा भने उपलव्ध हुन सकेको छैन । हवाई र सडक मार्गको व्यवस्था भए पनि सडक मात्र उच्च जोखिमयुक्त छ । बसोबासका लागि सुविधा उपलव्ध रहे पनि पर्याप्त मान्न सकिने अवस्था छैन । त्यसैले विश्वकै उत्कृष्ट सम्पदा मानिएको मुक्तिनाथ क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि राज्य गम्भीर बन्नु आवश्यक छ । नेपाल धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाले गरिब छैन । विश्वका कतिपय स्थानमा यस्ता स्थानहरु कृतिम ढंगले बनाएर पनि आर्थिक उपार्जनको माध्यम बनाइएको छ । तर, हामीलाई प्रकृतिकले दिएका यस्ता धरोहरहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न सकेका छैनौं । त्यसैले स्थानीय र राज्यले यस्ता स्थानहरुको प्रवद्र्धन गर्नु आवश्यक छ । त्यस्ता स्थानहरुका भौतिक पूर्वाधारको विकासमा ध्यान दिनु जरुरी छ । त्यसो गर्न सकिएको खण्डमा धार्मिक, प्राकृतिक र साँस्कृतिक रुपमा सुन्दर यो मुलुक समृद्ध बन्ने निश्चित छ ।

muktinath6

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

1 Comment for “एकपटक जानै पर्ने ठाँउ ‘मुक्तिनाथ’”

  1. Dilli Bhattarai

    नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको कैलाश-मानसरोबर जाने भएकोले यि छेत्रको बिकास हुनु आबस्यक छ। मुक्तिनाथ छेत्रको बिकासका लागि निम्न कुरा हुनु पर्दछ: (१) कालिगन्डकी कोरिडोरको गैंडाकोट देखी नेपाल-तिबेत सिमाको कोराला नाका सम्म ४३५ किलोमिटर लम्बाइ र कम्तिमा ९ मिटर चौडाइ भएको सडकलाई सन २०२० सम्ममा डबल-लेन पिच गरी सक्ने, (२) मुक्तिनाथ छेत्रको बिकासका लागी “मुक्तिछेत्र बिकास कोष” खडा गर्ने, (३) मुक्तिछेत्रमा जग्गा प्लटिङ गरी बिभिन्न देश र ति देशका धनाड्य ब्यक्तिहरुलाई मठ-मन्दिर र धर्मसाला बनाउन जग्गा उपलब्ध गराउने, (४) नेपाल र चिन सरकार बिच सम्झौता गरी कोरला नाका बाट कैलाश-मानसरोबर जान मुस्ताङको सदर्मुकाम जोमसोम बाटै सजिलै भिसा उपलब्ध गराउने, र (५) मुस्ताङमा आय आर्जन र रोजगारिको ब्रिद्धिका लागि होटेल तथा नेपाल-चीन ब्यापार बिकासका लागि प्राइभेट सेक्टरलाई प्रोत्सहान गर्ने ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1