अन्नपूर्ण आरोहण दिवस, आरोही छिरीङ नुर्वु शेर्पा सम्मानित


पोखरा । ६७ औ अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण आरोही छिरीङ नुर्वु शेर्पालाई सम्मान गरिएको छ ।

आरोहण दिवसको अवसर पारी मकालु ९ सोलुखुम्बुका छिरीङ नुर्वु शेर्पालाई सम्मान गरिएको हो । सम्मानित शेर्पाले सन २०१० अप्रिल २७ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए भने हालै सगरमाथाको आरोहण समेत सफल रुपमा गरेका छन् ।

नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखा पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा पर्यटन विद बासु त्रिपाठीले सम्मानित ब्याक्ति अन्नपूर्ण आरोही छिरीङ नुर्वु शेर्पालाई खादा, माला र अबिर सहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

सो अवसरमा वोल्दै पर्यटन विद त्रिपाठीले अन्नपूर्ण हिमाल आरोहणबाट नै नेपालको हिमाल आरोहणको शुभारम्भ भएकाले सरकारले पनि यसबारेमा चासो देखाउनुपर्नेमा जोड दिए । नेपाल सरकारले सगरमाथाको मात्र चासो देखाउने गर्दा पश्चिम क्षेत्रमा रहेका अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमालको चर्चा त्यतिमात्रामा नरहेको र यो क्षेत्रमा आउने पर्वतीय पर्यटकमा त्यति वृद्धि हुन नसकेको वताए ।

त्यस्तै नेपाल पर्वतारोहण संघका केन्द्रिय कोषाध्यक्ष टीकाराम गुरुङले सन १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जुगले अन्नपूर्ण हिमालको आरोहण गरे पश्चात नै नेपालको हिमालको बारेमा विश्वमा नाम छरिएकाले अन्नपूर्ण पर्वतिय क्षेत्रसँगै यो क्षेत्रमा रहेका पर्वतीय पर्यटनको प्रवद्र्धनको विकासमा सम्पूर्ण पर्यटन ब्यवशायीहरु लाग्नुपर्नेमा जोड दिए ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1